काठमाडौँ । श्रम संस्कृति पार्टी का अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारले प्रधानन्यायाधीश सिफारिसमा वरीयता मिचेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै सामान्य गणितसमेत नबुझेको शैलीमा निर्णय गरिएको टिप्पणी गरे ।साम्पाङले संवैधानिक परिषद्का सदस्यहरूको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै ६ सदस्यीय परिषद्मा ३ जनाको निर्णयलाई कसरी बहुमत मानियो भन्ने प्रश्न गरे । साथै, वरीयतामा चौथो स्थानमा रहेका व्यक्तिलाई पहिलो बनाइएको भन्दै आपत्ति जनाए । उनले सरकारलाई व्यङ्ग्य गर्दै “एक पहिला आउँछ कि चार पहिला आउँछ” भनेर सामान्य हिसाबसमेत सिकाउनुपर्ने अवस्था आएको टिप्पणी गरेका छन् ।