काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनबारे राजनीतिक दलसँग आज छलफल गर्दैछ । आयोगले आज दिउँसो साढे १२ बजे दलहरूसँग छलफल गर्न लागेको हो । निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकृरण गर्न बनेको विधेयकको मस्यौदामा आयोग छलफलमा जुटेको छ ।
निर्वाचन आयोगले असार २०८० मा विभिन्न सात वटा ऐनलाई एकीकृत गरी मस्यौदा तयार गरेको थियो । उक्त मस्यौदा भने लामो समयदेखि सरकारले अघि बढाएको थिएनन । त्यही मस्यौदामाथि छलफल गर्न दलहरूलाई बोलाएको हो । आयोगले दलहरूलाई उक्त मस्यौदामा सुझावका लागि यसअघि नै पत्राचार पनि गरेको थियो ।