काठामडौँ । सगरमाथा आधार शिविर क्षेत्र नजिकै एक नेपाली माउन्टेन गाइडको मृत्यु भएको छ । सोलुखुम्बु दुधकुण्ड नगरपालिका–७ का ३५ वर्षीय विजय घिमिरे (कामी) आइतबार बिहान खुम्बु आइसफल हुँदै पहिलो शिविरतर्फ जाने फिक्स रुटको एंकर नम्बर २ र ३ बीचमा अचेत अवस्थामा फेला परेका थिए । पछि उनको मृत्यु भएको पुष्टि भएको हो ।
पर्यटन विभागको फिल्ड कार्यालयका अनुसार घिमिरे बिहान करिब २ बजे ट्याग नेपाल प्रालिका तर्फबाट काम गरिरहेका अवस्थामा अचेत भेटिएका थिए । उनको छाती तथा नाडी नचल्ने र पल्स शून्य रहेको पाइएको थियो । साथी गाइडहरूले रेडियोमार्फत जानकारी दिएपछि ट्याग नेपालका टोलीले तत्काल आठ जना शेर्पा गाइडलाई उद्धारका लागि घटनास्थल पठाएको थियो । त्यसपछि हेलिकोप्टरमार्फत उद्धार गरी उनलाई लुक्ला पुर्याइएको विभागले जनाएको छ । घटनाबारे थप विवरण अनुसन्धान भइरहेको छ ।