काठमाडौँ। धनुषाको मिथिला नगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना हुँदा चालकसहित १७ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनाका बेला बसमा ३३ जना सवार रहेका थिए । दुर्घटनामा घाइते भएका सबैको मोडल अस्पताल लालगढ, धनुषामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।