धनुषा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउण्ड नजिकै आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस सडकमा पल्टिएर दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार अर्को बसलाई ओभरटेक गर्ने क्रममा तीव्र गतिका कारण बस अनियन्त्रित भई सडकबीचमै पल्टिएको थियो। दुर्घटनाको समयमा बसमा कुल ३३ जना यात्रु सवार थिए।
दुर्घटनामा परी घाइते भएका चालकसहित १७ जनाको तत्काल उद्धार गरी लालगढस्थित मोडल अस्पताल पु¥याइएको छ। घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।