काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधश सुशीला कार्की प्रधानमन्त्री वालेन्द्र शाहसँग असन्तुष्ट बनेकी छन् ।
कुनै बेला आफू देशको आमा भन्दा गर्व मान्ने कार्कीलअहिले आफूलाई ‘आमा’ भनेर सम्बोधन गरिएकोप्रति आक्रोश व्यक्त गरेकी छन् ।
काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा कानुन दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भई बाहिरिने क्रममा पत्रकार दिवाकर झाले प्रतिक्रिया लिन खोज्दा उनी आक्रोशित देखिएकी हुन् ।
पत्रकार झाले ‘आमा दर्शन’ भनेपछि कार्कीले तत्कालै 'कोले आमा भनेको ?' भन्दै असन्तुष्टि जनाएकी थिइन् । पत्रकार झाले आफूले सम्बोधन गरेको बताएपछि कार्कीले 'तिमीहरूको आमा नै फेरिसक्यो' भन्दै प्रतिक्रिया दिएकी थिइन् ।
त्यसपछि झाले 'केही फरक पर्दैन, आमा फेरिँदैन' भने पनि कार्कीले रुखो शैलीमा 'बालेन शाहको श्रीमतीलाई आमा भन' भन्दै जवाफ फर्काइन् । उनले सबिना काफ्ले (प्रधानमन्त्रीपत्नी) लाई संकेत गर्दै 'आमा होइन ? बच्चाको आमा होइन ?' भनेर प्रतिप्रश्न समेत गरिन् ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा मनोजकुमार शर्मालाई सिफारिस गरेयता कार्की असन्तुष्ट रहँदै आएकी छन् । उनले प्रधानमन्त्री शाहलाई सार्वजनिक रूपमा आफ्नो ‘छोरो’ भन्ने अभिव्यक्ति दिँदै आएकी थिइन् ।