काठमाडौं । हिरासबाट छुटेपछि व्यवसायी शेखर गोल्छा काममा फर्किएको बताएका छन् । रिहा भएपछि गोल्छाले शुक्रबारदेखि आफू काममा फर्किएको बताएका छन् । सामाजिक सञ्जालमा एक पोस्टमार्फत् उनले करिब १२ दिनको हिरासत बसाइपछि काममा फर्किएको जनाउ दिएका छन् । लेखेका छन्, ‘नाऊ ब्याक टु वर्क।’
धितोपत्र र बिमासम्बन्धी कसुरमा लाई हिरासतमा राख्न अदालतले अस्वीकार गरेपछि उनि हिरासतमुक्त भएका थिए । काठमाडौं जिल्ला अदालतले म्याद थप गर्न अनुमति नदिएपछि उनलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न बाटो खुलेको छ । धितोपत्र र बीमासम्बन्धी दुई मुद्दामा पक्राउ परेका गोल्छामाथि बयान सकिएको छ भने थुनछेक बहस अझै बाँकी छ ।
सोमबार धितोपत्र सम्बन्धी कसुरमा सर्वोच्च अदालतको परमादेशपछि थुनामुक्त भएका गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले हिरासतबाट बाहिर निस्कन नपाउँदै बीमा सम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।