काठमाडौँ । सरकारले देशका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र बोर्डहरूको नेतृत्व अब पूर्ण रूपमा योग्यता (मेरिट) का आधारमा चयन गर्ने स्पष्ट नीति लिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेतृत्व छनोट खुला प्रतिस्पर्धा मार्फत गरिनेछ र सक्षम तथा योग्य व्यक्तिलाई मात्र जिम्मेवारी दिइनेछ। हाल विभिन्न स्वास्थ्य संस्थाहरू नेतृत्वविहीन बनेपछि सेवा प्रवाह प्रभावित नहोस् भनेर तत्कालका लागि ‘निमित्त’ प्रमुखहरूको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। यो व्यवस्था अस्थायी मात्र भएको र छिट्टै स्थायी नेतृत्व चयन प्रक्रिया सुरु हुने बताइएको छ।
मन्त्रालयले खुला प्रतिस्पर्धा मार्फत पारदर्शी रूपमा नेतृत्व चयन गर्ने तयारी भइरहेको स्पष्ट पारेको छ। अल्पकालीन रूपमा विभिन्न स्वास्थ्य संस्थामा तोकिएका निमित्त प्रमुखहरू यस प्रकार छन् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बिमा बोर्ड।