सुर्खेत । सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्लाको गुर्भाकोट नगरपालिका–१४ कर्णपुरमा बिहीबार दिउँसो गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, लुम्बिनी प्रदेश ०१–००१ ख ०१६८ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार, दुर्घटनाको समयमा गाडीमा जम्मा १८ जना सवार थिए। घाइते भएका १३ जनाको हाल सुर्खेतको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले गाडीका चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बस्ने २२ वर्षीय टेक बहादुर बिष्टलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।