काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले बिहीबार ९वैशाख २४० पदबहाली गरेका छन् । महासंघको ६०औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिसहित उनले पदबहाली गरेका हुन् ।
पदबहाली गर्दै अध्यक्ष श्रेष्ठले नयाँ सरकारसँग केही संवाद भइसकेको र निजी क्षेत्रको मनोबल बढाउन रणनीतिक प्रस्ताव पनि गरिएको बताए । उनका अनुसार, विगतमा ६ खर्ब रुपैयाँ हाराहारी सहकारीमार्फत ‘एसएमई’हरूमा परिचालन गरिएको थियो । तर, सहकारीमा समस्या आएपछि एसएमईमा पुँजी अभाव भएको विषयमा सरकारको ध्यानाकर्षण गराइएको उनले उल्लेख गरे ।
सरकारले निजी क्षेत्रमैत्री व्यवसायको वातावरण बनाउन करका दर घटाउने, विभिन्न झन्झटिला कानुनदेखि राजस्व अनुसन्धान विभाग खारेज गरिसकेको उनले स्मरण गरे । अझै बाँकी समस्या समाधानका निम्ति अग्रसर रहेको सरकारले आश्वासन दिएको उनले सुनाए ।