काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले उनलाई पदभार ग्रहण गराउँदै शपथ गराएका हुन् ।
महासंघले आयोजना गरेको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा नव निर्वाचित कार्यकारिणी समिति सदस्यहरूलाई पनि शपथ गराइएको थियो । अध्यक्ष श्रेष्ठको शपथपछि अन्य नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले समेत पद तथा गोपनीयताको शपथ लिएका छन् ।