काठमडौँ । वर्षाका कारण क्षति पुगेको डाइभर्सन मर्मतपछि बीपी राजमार्गमा सवारी सञ्चालन पुनः सुरु गरिएको छ । हाल राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै यात्रा गर्दा चालक र यात्रुहरूलाई ट्राफिक नियम पालना गर्न, लेन अनुशासन कायम राख्न तथा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रहरीले सुरक्षासम्बन्धी निर्देशनहरू अनिवार्य रूपमा पालना गर्न पनि अनुरोध गरेको छ । राजमार्गको अवस्थाबारे थप जानकारी आवश्यक परेमा १०० वा १०३ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ । रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग चार दिनदेखि अवरुद्ध बनेको थियो ।