काठमाडौँ । संघीय संसद सचिवालयले सांसदहरूको विद्युतीय हाजिरी प्रणालीलाई प्रभावकारी बनाउन बायोमेट्रिक विवरण र औपचारिक तस्वीर संकलन गर्ने भएको छ । यसका लागि संसद सचिवालयले सूचना जारी गर्दै सांसदहरूलाई मिति, समय र स्थान तोकेर उपस्थित हुन भनेको छ ।
सचिवालयको सूचनाअनुसार सांसदहरूले २४, २५ र २८ वैशाखमा आफ्नो समितिको कार्यतालिकाअनुसार उपस्थित हुनुपर्नेछ । त्यस्तै, सांसदहरूले संघीय संसदको ब्याच लगाएर उपस्थित हुनुपर्ने छ ।
