काठमाडौं । नेपाल वायुसेवा निगमले मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थिति र हवाई क्षेत्र बन्दका कारण साउदी अरबको दमामका लागि निर्धारित उडानहरू रद्द गरेको छ। निगमले आज एक सूचना जारी गर्दै नोटामका कारण उडान स्थगित गर्नुपरेको जानकारी दिएको हो। निगमका अनुसार बुधबारका लागि उडान तयार गरेको काठमाडौं–दमाम र २४ गतेको लागि दमाम–काठमाडौं उडान रद्ध गरिएको नेपाल वायुसेवाले जानकारी दिएको छ ।
उडान रद्द हुनुपर्दा यात्रुहरूमा पर्न गएको असुविधाप्रति निगमले क्षमायाचना गरेको छ। थप जानकारीका लागि निगमको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल नियमित रूपमा हेर्न यात्रुहरूलाई आग्रह गरिएको छ।
