सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले वी.पी. राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी सडकखण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ। हाल जारी प्रि–मनसुनका कारण हावाहुरी, चट्याङ र भारी वर्षा भई रोशी खोलामा बाढी आउन सक्ने र सडक अवरुद्ध हुने जोखिम बढेकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले सिन्धुलीले जनाएको छ ।
प्रशासनले सर्वसाधारणलाई वी.पी. राजमार्गको उक्त खण्ड भएर यात्रा गर्नुअघि जिल्ला प्रहरी कार्यालय सिन्धुली (९८५४०९०३९८), १००, ट्राफिक प्रहरी (१०३) वा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (०४७–५२१३०९) मा सम्पर्क गरी सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत प्रविण कटुवालले सूचना जारी गर्दै विपद्को जोखिम न्यूनीकरणमा सहयोग गर्न सबैमा आग्रह गरेको छ ।
