काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक बोलाएका हुन्।
सरकारले सिफारिस गरेका ८ वटै अध्यादेश राष्ट्रपतिले जारी गरेलगत्तै प्रधानमन्त्रीले बैठक डाकेका हुन्। मन्त्रिपरिषद्को बैठक हिजो पनि बसेको थियो। आज बस्ने बैठकले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्नसक्ने जनाइएको छ।