काठमाडौं । देशका विभिन्न स्थानमा आज (वैशाख २२) तीव्र हावाहुरीको पूर्वानुमान छ । दिउँसो बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस दिन राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ । ताप्लेजुङ, ओखलढुंगा, जिरी र जोमसोममा पानी पर्ने सम्भावना ६० प्रतिशत रहेको विभागले जनाएको छ ।
