काठमाडौं । केही दिनदेलेखि परिरहेको बर्षातले बाढी र पहिरो आएपछि बीपी राजमार्ग, अरनिको राजमार्ग र मध्यपहाडी राजमार्गका लमजुङ खण्ड अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा सवारी चालक र यात्रुले सास्ती पाएका छन्। काभ्रेको नमोबुद्ध नगरपालिका- ६ चौकीडाँडा र रोशी गाउँपालिका ७ घुमाउने, चारसय बेँसी लगायतका ठाउँमा पहिरो खस्दा र खोलाले सडक बगाउँदा बीपी राजमार्ग अहिले पूर्णरुपमा अवरुद्ध छ। बीपी राजमार्ग सोमबार साँझदेखि नै अवरुद्ध बनेको हो।
त्यसैगरि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा ईकु पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध छ। लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरे भञ्ज्याङमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध छ।
