काठमाडौं । भारतबाट ८० हजार मेट्रिक टन मल ल्याउन सरकारले कृषि सामग्री कम्पनी लिमिटेडलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो ।
जीटुजीका माध्यमबाट उक्त परिणाममा मल ल्याइन लागेको सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । उक्त परिणाममा ल्याइने मलमध्ये ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी रहेको उनको भनाइ छ ।