काठमाडौँ। चाबहिलस्थित साततले क्षेत्रमा निर्माण गरिएका घर तथा संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत उक्त क्षेत्रमा पनि भत्काउने कार्य अघि बढाइएको हो । सो क्रममा पक्की तथा ठूला भवनहरू समेत भत्काइएका छन्। काठमाडौँ महानगरपालिकाले सुरक्षाकर्मीको उपस्थितिमा अनधिकृत संरचना हटाउने कार्य जारी राखेको जनाएको छ । यसअघि थापाथली, गैह्रीगाउँ, मनोहरा, अनामनगर, शंखमुल, बुद्धनगर, टेकु, स्वयंभू र बालाजु लगायतका स्थानहरूमा पनि यस्तै अभियान सञ्चालन गरिएको थियो ।