काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा सभामुख डीपी अर्यालले सचेतकको बैठक बोलाएका छन् ।
सत्तारुढ दल र प्रतिनिधिसभामा रहेका विपक्षी दलका सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न सभामुख अर्यालले बैठक बोलाएका हुन् ।
बैठक मध्याह्न १२ बजे सिंहदरबारमा बस्ने रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।