काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। आइतबार जारी गरिएको उक्त अध्यादेशसँगै हालसम्म राष्ट्रपतिबाट विभिन्न ६ वटा अध्यादेश जारी भइसकेका छन्। राष्ट्रपति कार्यालयका अनुसार यसअघि वैशाख १७ गते सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ र सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गरिएको थियो।
त्यस्तै, वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी गरिएको थियो। वैशाख १९ गते एकै दिन स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था र विश्वविद्यालयसम्बन्धी गरी तीन वटा अध्यादेश जारी भएका थिए। सरकारले कानुनी सुधार र नीतिगत व्यवस्थापनलाई सहज बनाउन निरन्तर अध्यादेशमार्फत संशोधन अघि बढाइरहेको जनाएको
