काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतमा भएका आर्थिक दोहन र लुटतन्त्रको विवरण निकै गम्भीर र चिन्ताजनक रहेको बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले पुराना प्रतिवेदनहरू अध्ययन गर्दा आफू स्तब्ध हुने गरेको उल्लेख गर्दै विगतमा संस्थागत कब्जा, नीतिगत सेटिङ र भ्रष्टाचारका कारण ठूलो मात्रामा अनियमितता भएको बताए। उनका अनुसार, नेपालमा भएका यस्ता गतिविधिहरूले आम नागरिकप्रति अन्याय गरेको भन्दै अब यस्ता प्रवृत्ति रोक्नुपर्ने आवश्यकता छ। अर्थमन्त्री वाग्लेले सरकार अहिले यस्ता ‘एलिट’ वर्गको प्रभाव, गलत राजनीतिक–व्यापारिक गठबन्धन र भ्रष्ट अभ्यास अन्त्य गर्ने दिशामा अघि बढिरहेको दाबी गरे। उनले निजी क्षेत्रलाई पनि विगतका गल्ती नदोहर्याउन आग्रह गर्दै सरकारले विवेकपूर्ण तरिकाले सुधार र ‘सफाइ अभियान’ अघि बढाइरहेको स्पष्ट पारे।