काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले जनहितमा द्रुत गतिमा काम गर्नका लागि केही अध्यादेशहरू जारी गरेको स्पष्ट पारेकी छिन् ।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो जारी गर्दै उनले अध्यादेशको पक्ष र विपक्षमा भइरहेका बहसहरूका बिच सरकारको धारणा सार्वजनिक गरेकी हुन् ।
मन्त्री गौतमले विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुने भन्दै विधायिका (संसद्) ले बनाएको कानुनकै अधीनमा रहेर सरकारले काम गर्ने बताइन् ।
भिडिओ हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्