काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार भेटवार्ता भएको हो ।
भेटमा नेपाल र अमेरिकाबीच आपसी हितका विषयमा छलफल भएको छ । गोरले विशेषगरी द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ बनाउनेबारे छलफल भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि अविश्वसनीय जनादेश छ, र उनीहरूले घोषणा गरेका सुधारहरू निकै आशालाग्दा छन्। हामी आगामी दिनमा निकट रहेर काम गर्न तत्पर छौँ।’ सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन् ।
बिहीबार साँझ काठमाडौं आएका गोरले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए ।