काठमाडौं । जेनजी अगुवा रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई ज्ञानी जनताको अगाडि ज्ञानको अहंकार नदेखाउन सुझाव दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा शनिबार स्टाटस लेख्दै उनले विश्व शान्तिको केन्द्र बन्न सक्ने मुलुकमा शासनको शैली निर्देशन र बन्दुक हुन नसक्ने बताएका छन् ।
‘जनता जति ज्ञानी कोही हुन सक्दैनन् । ज्ञानी जनताको अगाडि ज्ञानको अहंकार नदेखाऊ’, बमले भनेकी छन्, ‘विश्व शान्तिको केन्द्र बन्न सक्ने मुलुकमा शासनको शैली निर्देशन र बन्दुक हुनै सक्दैन ।’ जेनजी अगुवा बमले प्रधानमन्त्रीलाई ‘काँध थाप्ने’ र ‘छाती थाप्ने’ ज्ञानको अहंकारबाट बाहिर निस्केर बुद्ध जन्मेको देशमा समानुभूति र करुणालाई आधार बनाएर जिम्मेवारी पूरा गर्न पनि भनेकी छन् ।