काठमाडौं । भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि कैलाश मानसरोवर यात्रा २०२६ को औपचारिक घोषणा गरेको छ ।
आगामी जुनदेखि अगस्टसम्म सञ्चालन हुने यात्राका लागि अनलाइन आवेदन प्रक्रिया सुरू गरिएको छ ।
मन्त्रालयका अनुसार यस वर्ष कूल २० समूह (ब्याच) पठाइनेछन् । उत्तराखण्ड हुँदै लिपुलेक पासबाट १० समूह र सिक्किमस्थित नाथु ला पास हुँदै अर्को १० समूह यात्रा गर्नेछन् ।
प्रत्येक समूहमा ५० जना यात्रु सहभागी हुने विदेश मन्त्रालयले जनाएको छ । यात्रामा सहभागी हुन इच्छुक व्यक्तिहरूले सरकारी वेबसाइट केएमवाईमार्फत् अनलाइन आवेदन दिन सक्नेछन् । यात्रु छनोट पूर्ण रूपमा कम्प्युटर प्रणालीमार्फत् निष्पक्ष, र्यान्डम र लैङ्गिक सन्तुलन कायम हुने गरी गरिने जनाइएको छ ।
आवेदनदेखि छनोटसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट हुने भएकाले थप जानकारीका लागि अलग्गै पत्राचार गर्नुपर्ने छैन ।
