काठमाडौँ । वैशाख १ गतेदेखि शुक्रबारसम्मको १८ दिनको अवधिमा प्राकृतिक विपद्का कारण ३६ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा चट्याङ, आगलागी, हावाहुरीलगायत ७१४ वटा प्राकृतिक विपद्का घटना भएका छन्। ती घटनामा परेर १६५ जना घाइते भएका छन् भने ९४३ घरपरिवार प्रभावित बनेका छन्। प्राधिकरणका अनुसार शुक्रबार मात्रै ३८ वटा विपद्का घटना भएका छन्, जसमा एक जनाको ज्यान गएको छ।