काठमाडौँ । शोभा पाठकले नेकपा एमालेका महासचिव महेश बस्नेतविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी आरोपमा जाहेरी दर्ता गराएकी छन्। उनले शुक्रबार भद्रकालीस्थित प्रहरी परिसरमा पुगेर बस्नेतविरुद्ध किटानी जाहेरी दिएको जानकारी दिँदै तत्काल अनुसन्धानको दायरामा ल्याउन माग गरेकी हुन्।
पाठकले माइतीघर मण्डलामा आफू माथि भएको सामूहिक आक्रमणमा बस्नेत संलग्न रहेको तथा घटनामा षड्यन्त्र गरेको आरोप लगाएकी छन्। उनले दोषीमाथि कानुनी कारबाही हुनुपर्ने मागसमेत गरेकी छन्। गत वैशाख १४ गते माइतीघर मण्डलामा धर्नामा बसेकी पाठकमाथि हातपात भएको थियो। त्यसयता उनले बस्नेतमाथि गम्भीर आरोप लगाउँदै निरन्तर कारबाहीको माग गर्दै आएकी छन्।