रुकुम । रोल्पाको जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन गएका यात्रु बोकेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा ज्यान गुमाउने २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरेन्द्रकुमार विश्वकर्माका अनुसार मृतकहरूको सनाखत भएसँगै शवहरू परिवारलाई बुझाउने प्रक्रिया सुरु गरिएको छ। यस दुर्घटनामा सिस्ने–५ का समीर कामी मात्र घाइते भएका थिए। उनको सफल उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेको प्रहरीले जनाएको छ।
मृतकहरूको नामावलीः
सिस्ने गाउँपालिका–५, टाकुरा, रुकुम पूर्व (१० जना)ः
गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष)
तिलकुमारी बुढाथोकी (५३ वर्ष)
युवा बुढाथोकी (२८ वर्ष)
दिव्यन बुढाथोकी (१० वर्ष)
सृजना बुढाथोकी (२४ वर्ष)
सुदीप बुढाथोकी (१३ वर्ष)
ओमकुमारी बुढाथोकी (४० वर्ष)
मीना कामी (६० वर्ष)
लक्ष्मी शाह (६० वर्ष)
रुक्मिणा बस्नेत
भुमे गाउँपालिका–५, रुकुम पूर्व (१ जना)ः
टेकप्रसाद बुढामगर
घोराही उपमहानगरपालिका–१५, रतनपुर, दाङ (६ जना)ः
दोरपती जिसी (५४ वर्ष)
तिला जिसी (३२ वर्ष)
जेनिस जिसी (७ वर्ष)
जेनिसा जिसी (१२ वर्ष)
एलिना जिसी (२५ वर्ष)
संयोग जिसी (७ वर्ष)
दाङका अन्य स्थानका मृतकहरू (३ जना)ः
यमबहादुर जिसी (घोराही–१३, दाङ)
धनमाया विष्ट (शान्तिनगर, दाङ – हाल सिस्ने–५, रुकुम पूर्व)
बेदु कामी (४२ वर्ष) – सवारी चालक