काठमाडौँ। सरकारले बल्खु क्षेत्रमा रहेको सुकुमबासी बस्ती हटाउन डोजर चलाएको छ । शुक्रबार बागमती करिडोर विस्तार योजनाअन्तर्गत बल्खुस्थित बस्तीमा डोजर परिचालन गरिएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै बस्ती खाली गर्न बिहीबार साँझसम्मको समयसीमा दिएको थियो । त्यसपछि शुक्रबार बिहानदेखि हटाउने कार्य अघि बढाइएको हो ।