काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले यही शुक्रबारदेखि लागु हुने गरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिशिलिन्डर १५० रुपैयाँ बढाइएको जनाएको छ ।
समायोजनपछि अब खाना पकाउने एलपी ग्यासको मूल्य १४.२ केजीलाई २१६० रुपैयाँ पर्नेछ । त्यस्तै ७.१ केजी (आधा सिलिन्डर) को १०८० पर्नेछ ।
