काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । पौडेलले बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले यो सहित ६ वटा अध्यादेश पठाएपछि अहिलेलाई एउटा मात्रै जारी गरेका हुन् । अध्यादेश संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र दुवै सदनबाट पारित गर्नुपर्ने प्रावधान छ । अन्यथा स्वतः निष्क्रिय हुनेछ । सरकारले आह्वान गरिएको संसद् अधिवेशन रोकेर अध्यादेश ल्याएको हो ।
