काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ‘डिस्चार्ज’ भएकी छन् । बिहीबार उनी अस्पतालबाट डिस्चार्ज भएकी श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जानकारी दिए । स्वास्थ्यमा समस्या भएपछि बुधबार उपसभामुख रुवी कुमारीलाई ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा भर्ना गरिएको थियो । उनको शरीरमा सुगरको मात्रा कम भएको पाइएको थियो ।