काठमाडौँ। नेपाली सेनामा पदोन्नति भएका तीन जना वरिष्ठ अधिकृतलाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरिएको छ। जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले प्राविधिक सहायक रथी डा. भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र सहायक रथी शक्ति जंग बस्नेतलाई उपरथी दर्जाको चिन्ह प्रदान गरेका हुन्। कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारी, रथीवृन्द तथा अन्य अधिकृतहरूको उपस्थिति रहेको थियो।