बुटवल । रुपन्देहीको बुटवल–बर्दघाट सडक खण्डमा सोमबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। देवदह नगरपालिकाको गणेशनगरस्थित प्रतीक्षालय नजिकै दुईवटा माइक्रो बस एकआपसमा ठोक्किँदा उक्त दुर्घटनना भएको हो।
बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी (विद्युतीय) माइक्रो बस एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ। मृतकहरूको नाम र ठेगाना अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य २७ जना घाइते भएका छन्। घाइतेहरू सबैको हाल देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रहरी चौकी देवदह खैरेनीका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।