काठमाडौँ । सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विवरणमा उनले आफ्नो आत्मकथा बिक्री गरेर कमाएको रकम पनि उल्लेख गरेका छन्। म्याग्दी जिल्लाबाट निर्वाचित स्वतन्त्र सांसद पुनले आफ्नो सम्पत्ति वीरगन्ज कृषि औजार कारखानाका लागि खर्च गरिरहेको बताएका छन्।
उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘संघीय संसद् सचिवालयलाई म प्रतिनिधिसभा सदस्य महावीर पुनले बुझाएको मेरो सारा भौतिक धन सम्पतिको विवरण हेर्नुहोस्। महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र खोलेर र आफ्नो किताब बेचेर करोडौं पैसा थुपार्यो भन्ने विद्वानहरू र रीस गर्ने व्यक्तिहरूले यो हेर्नुहोला र छानबिन गर्नुहोला।’



