काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले नेपाली सेनालाई सुकुम्बासीको लगत उपलब्ध नगराउन स्थानीय तहहरूलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष राईले सेना सुकुम्बासीको विवरण माग्ने निकाय नभएको उल्लेख गरेका छन् । उनले कुनै पनि पालिकाले सेनाले मागेको सुकुम्बासीको लगत नदिनुपर्ने बताएका छन् । साथै, सेना र प्रहरी यस्तो विवरण माग्ने निकाय नभएको दाबी गर्दै यसलाई गलत कदमको संज्ञा दिएका छन् । राईले यस्तो गतिविधिबाट सर्वसाधारणमा त्रास सिर्जना गर्न खोजिएको आरोप समेत लगाएका छन् ।