काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले टीयू क्रिकेट मैदान र त्यहाँको संरचना नभत्काउने बताएका छन् ।
सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले यस्तो बताएका हुन् । ‘आज बिहान मेरो त्रिविको उपकुलपतिसहितका पदाधिकारीसँग बैठक बसेको थियो । खाली गराउने उद्देश्य होइन, लिज सकिएकाले नयाँ एग्रिमेन्ट हुन्छ । भत्किँदैन’, मन्त्री पोखरेलले भने ।
यसअघि टीयू प्रशासनले ३५ दिनभित्र टीयू परिसरका संरचना हटाउन सूचना निकालेको थियो ।