काठमाडौँ। सर्लाही को लालबन्दी नगरपालिका–१५ पिडखोल्सा मा जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय प्रेमबहादुर थिङ (दावा) रहेका छन् ।
प्रहरीका अनुसार बँदेलको आक्रमणबाट गम्भीर घाइते भएका थिङको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाही ले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको जनाएको छ । स्थानीयका अनुसार थिङ केही दिनदेखि खेतमा लागेको मकै जोगाउन राति समेत खेतमै बस्दै आएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।