धनगढी । कैलालीको धनगढीमा बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । २० वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा डडेल्धुराको अमरगढी नगरपालिका–२ बस्ने ३१ वर्षीय सुरेश अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो ।
सुरेशले ती महिलालाई धनगढी उपमहानगरपालिका–४ स्थित संजोक होटलमा जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
अवस्थीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी तिमिल्सिनाले जानकारी दिए ।