काठमाडौँ । कालिकोट को तिलागुफा नगरपालिका ले भान्सामा हुने धुँवा न्यूनीकरण गर्दै नगरलाई धुँवा–मुक्त बनाउने अभियान अघि बढाएको छ । ‘एक घर, एक सुधारिएको चुलो’ कार्यक्रम अन्तर्गत नगरपालिकाले घरघरमा सुधारिएको चुलो वितरण गरेको हो ।
नगर प्रमुख शंकर प्रसाद उपाध्याय का अनुसार विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा चुलो वितरण गरिएको हो । भान्सामा परम्परागत चुलोबाट निस्कने धुँवाका कारण स्वास्थ्यमा पर्ने असर घटाउने उद्देश्यले यो अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ । हालसम्म करिब १ हजार २५ थान सुधारिएको चुलो वितरण भइसकेको छ । नगरपालिकाका अनुसार सुधारिएको चुलोले परम्परागत चुलोको तुलनामा करिब ४० प्रतिशतसम्म दाउराको खपत कम गर्ने र धुँवा नियन्त्रणमा सहयोग गर्ने अपेक्षा गरिएको छ । नगर उपप्रमुख महेन्द्रबहादुर शाही ले दाउराको खपत घट्दा वनजंगल संरक्षण, कार्बन उत्सर्जन न्यूनीकरण तथा महिला–बालबालिकामा देखिने श्वासप्रश्वास सम्बन्धी रोगमा कमी आउने बताए । नगरपालिकाले आगामी दिनमा भान्साको धुँवा मात्र होइन, सुरक्षित खानेपानीका लागि फिल्टर वितरण गर्ने योजना समेत अघि सारेको जनाएको छ । कालिकोट को तिलागुफा नगरपालिका ले भान्सामा हुने धुँवा न्यूनीकरण गर्दै नगरलाई धुँवा–मुक्त बनाउने अभियान अघि बढाएको छ ।
‘एक घर, एक सुधारिएको चुलो’ कार्यक्रम अन्तर्गत नगरपालिकाले घरघरमा सुधारिएको चुलो वितरण गरेको हो । नगर प्रमुख शंकर प्रसाद उपाध्याय का अनुसार विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा चुलो वितरण गरिएको हो । भान्सामा परम्परागत चुलोबाट निस्कने धुँवाका कारण स्वास्थ्यमा पर्ने असर घटाउने उद्देश्यले यो अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ । हालसम्म करिब १ हजार २५ थान सुधारिएको चुलो वितरण भइसकेको छ ।नगरपालिकाका अनुसार सुधारिएको चुलोले परम्परागत चुलोको तुलनामा करिब ४० प्रतिशतसम्म दाउराको खपत कम गर्ने र धुँवा नियन्त्रणमा सहयोग गर्ने अपेक्षा गरिएको छ । नगर उपप्रमुख महेन्द्रबहादुर शाही ले दाउराको खपत घट्दा वनजंगल संरक्षण, कार्बन उत्सर्जन न्यूनीकरण तथा महिला–बालबालिकामा देखिने श्वासप्रश्वास सम्बन्धी रोगमा कमी आउने बताए ।नगरपालिकाले आगामी दिनमा भान्साको धुँवा मात्र होइन, सुरक्षित खानेपानीका लागि फिल्टर वितरण गर्ने योजना समेत अघि सारेको जनाएको छ ।