रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–५ हुकाममा हावाहुरीसँगै परेको चट्याङ लागेर एक जना महिला घाइते भएकी छन् ।
आइतबार दिउँसो करिब सवा ३ बजेतिर पिगुर लेगस्थित जंगलमा घाँस काट्न गएकी २८ वर्षीया कमला बिकलाई चट्याङ लागेको हो । अचानक आएको हावाहुरीसँगै परेको चट्याङका कारण उनी गम्भीर घाइते भएकी हुन् ।
गाउँपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक कलिभान बिष्टका अनुसार घाइते बिकलाई तत्काल स्थानीय हुकाम स्वास्थ्य चौकीमा पु¥याएर प्राथमिक उपचार गरिएको थियो । तर, उनको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि उनलाई रुकुमपूर्व जिल्ला अस्पताल रिफर गरिएको बिष्टले जानकारी दिनुभयो । हाल उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।