काठमाडौं । सरकारले आज थापाथली र गैरीगाउँको सुकुम्वासी बस्ती भत्काउदैँ छ । बाँकी मनोहरा, सिनामंगललगायत स्थानका सुकुम्वासी बस्ती भोलि भत्काउने भएको छ ।
सरकार थापाथलीको सुकुम्वासी बस्ती भत्काउन सुरु गर्न तयार छ । आज र भोलि दुई दिन सबै भत्काएर सकाउने योजना छ । पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल–गैरिगाउँ क्षेत्रका सुकुम्वासी बस्तीमा डोजर चलाउने तयारी छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको समन्वयमा सुकुम्वासी बस्ती भत्काउन पाँचवटा डोजरसहित तयारी अवस्थामा छ ।
काठमाडौं महानगरपालिका नगर प्रहरी बलका अनुसार, बस्तीका घरटहरामा डोजर चलाइ साइट क्लियर गरिनेछ ।
प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमणकारी र वास्तविक सुकुम्वासी पहिचान गरी वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रतिवद्वता जनाइसकेका छन् ।