काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले उद्योगी शेखर गोल्छाविरुद्धको अनुसन्धान प्रक्रिया अघि बढाउन ४ दिनको म्याद थप गरेको छ।
गोल्छामाथि भइरहेको अनुसन्धानका लागि अदालतले प्रहरीलाई उक्त समयावधि प्रदान गरेको हो। अदालतको आदेशसँगै अब प्रहरीले थप ४ दिन उनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउनेछ।