काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक सूचना जारी गर्दै शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने जनाएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको विज्ञप्तिमा नदी किनारका सार्वजनिक जग्गामा बनेका संरचना हटाउन भनिएको छ ।
यदी सो समयमा घर टहरा खाली नगरिए शनिबार बिहानैदेखि भत्काइने रिजालले जारी गरेको विज्ञप्तिमामा उल्लेख छ । यसका लागि शुक्रबार साँझ ७ बजेसम्म घर टहरा खाली गर्न भनिएको छ।
.jpg)