काठमाडौँ । आज काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा परेको छ। बिहान ११ः ४५ बजेको मापनअनुसार काठमाडौँको वायु गुणस्तर सूचकाङ्क वायु गुणस्तर सूचकाङ्क २२३ पुगेको छ, जुन ‘अति अस्वस्थकर’ स्तरमा पर्ने जनाइएको छ।
सो समयमा भारतको नयाँ दिल्ली (१६२) दोस्रो र पाकिस्तानको लाहोर (१५८) तेस्रो स्थानमा रहेका छन्। वायु गुणस्तर सूचकाङ्क १०१ देखि १५० सम्मलाई ‘अस्वस्थ’, १५१ देखि २०० सम्म ‘सबैका लागि अस्वस्थ’ र २०१ देखि ३०० सम्म ‘धेरै अस्वस्थ’ मानिन्छ। ३०० भन्दा माथिको स्तरलाई ‘अत्यन्त खतरनाक’ मानिन्छ। विशेषगरी यस्तो अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु सम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्ने भएकाले स्वास्थ्य विज्ञहरूले आवश्यकबाहेक बाहिर ननिस्कन, मास्कको प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन सुझाव दिएका छन्।