काठमाडौं । सरकारले सुकुम्वासी बस्ती हटाउने निर्णय नगरेको जनाएको छ । शिक्षामन्त्री सस्मित पोखरेलले देशभरिका सुकुम्वासी बस्ती हटाउनेबारे मन्त्रिपरिषद्को बैठकमा कुनै छलफल नै नभएको बताएका छन्।
प्रधानमन्त्री बालेन शाहले शनिवार र आइतबार काठमाडौंसहित देशभरको सुकुम्वासी बस्ती हटाउन निर्देशन दिएको चर्चा भइरहेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता समेत रहेका पोखरेललाई त्यसबारे सोधिएको थियो।