काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले गृहमन्त्रालय आफैंसँग राख्ने भएका छन् । गृहमन्त्रीबाट सुधन गुरुङले दिएको राजीनामा स्वीकृत गरेका प्रधानमन्त्री बालेनले तत्काल गृहमन्त्री नियुक्त नगर्ने मुडमा रहेको बताईएको छ ।
सुधन गुरुङ जोडिएको विवादबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने प्रधानमन्त्रीको तयारी छ । उक्त समितिले प्रतिवेदन नबुझाउँदासम्म गृह मन्त्रालय आफैंसँग राख्ने र दोषी नदेखिए पुनः गुरुङलाई नै गृहमन्त्रालयको जिम्मा दिने प्रधानमन्त्रीको योजना रहेको बुझिएको छ ।
गृहमन्त्रीको पदभार सम्हालेको २६ दिनमै गुरुङ गृह मन्त्रालयबाट बिदा भएका छन् । विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको खुलेसँगै विवादमा तानिएका उनले बुधबार पदबाट राजीनामा दिएका हुन् । गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए । गुरुङले आफूमाथि पनि यसविषयमा छानबिन होस् भनेर माग गरेका छन् । उनले पदमा रहेर छानबिन गर्दा स्वार्थको द्वन्द्व नहोस् भनेर राजीनामा दिएको भनेका छन् ।