काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।उनले सामाजिक सञ्जालबाट आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।गृहमन्त्री गुरुङ गृहमन्त्रीको पदभार सम्हालेको २६ दिनमै गृह मन्त्रालयबाट बिदा भएका छन् ।
विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको खुलेसँगै विवादमा तानिएका उनले बुधबार पदबाट राजीनामा दिएका हुन् । गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए ।
